Logo

दश करोड राजश्व छली



Spread the love

२९ कार्तिक, काठमाडाैँ – काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले रु नौ करोड ९५ लाख ६२ हजार बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ रु छ करोड ३५ लाख ६३ हजार राजश्व चुहावट गरेको विभागले जनाएको छ । यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै रु २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्