Logo

लुम्बिनीमा अभिधम्म पिटक वाचन



२९ कार्तिक, लुम्बिनी – लुम्बिनीमा चलिरहेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रमअन्तर्गत आज अभिधम्म पिटक वाचन गरिएको छ । मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको त्रिपिटक वाचनको दोस्रो दिन नेपाल, कम्बोडिया, कोरिया, जापान र भियतनामका भिक्षुहरुले अभिधम्म पिटक वाचन गरेका हुन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मा, चीनलगायतका २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् ।

पहिलो दिन बिहीबार नेपाली भिक्षुले सुत्रपिटकअन्तर्गतको दीर्घ निकायको बह्रमजालसुत्र वाचन गरेर त्रिपिटक वाचनको शुरुआत गरेका थिए । शनिबार अन्तिम दिन त्रिपिटकअन्तर्गतको विनय पिटक वाचन गरिने आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थवीरले जानकारी दिए ।

त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जसमा भगवान बुद्धको उपदेश सङ्ग्रहीत छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्