Logo

पहिलो पटक युरोकपमा स्थान बनाउन सफल फिनल्यान्ड



Spread the love

३० कात्तिक, काठमाडौं । पहिलो पटक फिनल्यान्ड सन् २०२० को युरोकपमा छनोट भएको छ । समूह ‘जे’ अन्तर्गत शुक्रबार राति भएको खेलमा फिनल्यान्डले लिचेस्टाईनलाई ३–० गोलले पराजित गर्दै युरोकपमा स्थान बनाएको हो ।

फिनल्यान्डको जितमा टीमु पुक्कीले दुई तथा जसु तुमिने एक गोल गरे । फिनल्याण्डका लागि जेस तुओमिनेनले २१ औँ मिनेटमा गोल गरेर पहिलो हाफमा १–० को अग्रता दिलाए । उसका लागि दोस्रो हाफमा स्ट्राइकर तेमू पुक्कीले दुई गोल गरे । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा व्यक्तिगत पहिलो गोल गरेका उनले ७५ औँ मिनेटमा अर्को गोल गरेर टिमलाई ३–० को जित दिलाएका हुन् ।

जितसँगै समूहको दोस्रो स्थानमा रहेको फिनल्यान्डले नौ खेलबाट १८ अंक बनाएको छ । भने लिचेस्टाईन दुई अंक सहित समूहको अन्तिममा छ ।

शुक्रबार राति नै भएको खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३–० गोलले हरायो । अपराजित रहेको इटाली समूहको शीर्ष स्थानमा रहदै नौ खेलबाट २७ अंक बटुलेको छ ।

अर्को खेलमा ग्रीसले अर्मेनियालाई १–० गोलले पराजित गरेको हो । जितसँगै ११ अंक बनाएको ग्रीस तेस्रो स्थानमा छ । १० अंक बनाएको अर्मेनिया चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्