Logo

एसीसी इमर्जिङ टिम्स कप: नेपालद्वारा हङकङसामु २ सय १७ रनको लक्ष्य प्रस्तुत



Spread the love

३० कात्तिक, काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूहको दोस्रो खेलमा हङकङविरुद्ध मध्यम योगफल तयार गरेको छ । नेपालले निर्धारित ५० ओभरमा १० विकेटको नोक्सानीमा २ सय १७ रन बनायो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए । कुशल मल्ल पनि मात्र १ रनमा आउट भए तर शरद भेषावकरले पारी सम्हाले । उनले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर ८३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ३७ रनमा आउट भए । त्यसपछि आरिफ शेखले ७४ रनको साझेदारी गरे ।

आरिफ ४२ रनमा आउट भएका थियो । पवन शरार्फले खाता नै खोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुसान भारी ६ रनमा आउट भए भने लगातार क्रिजमा टिकिरहेका शरद अन्तिम बल अघि ८९ रनमा आउट भएका थिए । र अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएसंगै नेपाल अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्