Logo

सभापति देउवा भन्छन्, ‘वार्ताका माध्यमबाट सीमा विवाद हल गर्नुपर्छ’



Spread the love

३० कात्तिक, कञ्चनपुर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद अन्त्य गनुपर्ने बताएका छन् । उनले सरकालाई राष्ट्रवादको नारा दिएपनि त्योअनुरुपको काम गर्न नसकेको आरोप लगाए ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताएका छन् ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने , “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्