Logo

एन्फाद्वारा विमल, अन्जनसहित ४ खेलाडी बर्खास्त



Spread the love

३० कात्तिक, काठमाडौं । विमल घर्तीमगरसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कारवाहीमा परेका छन् । जसले गर्दा कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल यी चार खेलाडीले गुमाउने छन् । विमलसहित अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी कारवाहीमा परेका हुन् ।

गएराती २ बजेसम्म यी चार खेलाडीले ठमेलको डिस्कोमा रहेका कारण टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपश्चात अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार खेलाडीलाई कारवाही गरेको हो । यसअघि समेत विमलसहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।

राष्ट्रिय फुटबल टोली आज दिउँसो ३ बजे भुटान जाँदैछ । करबाहीको विषय भने एन्फाले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्