Logo

छोकडा बरामद गर्ने क्रममा झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते



Spread the love

३० बारा, कातिक । बाराको सिम्रौनगढ नगरपालिकामा शुक्रबार राति छोकडा बरामद गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीय बीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर समेत गरेको हो ।

अवैध रुपमा भारततर्फ लैजादै गरेको छोकडा बरामद गर्ने क्रममा भएको झडपमा दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी जवानद्वय अमोदकुमार यादव र श्याम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयबासीले खोसेर लैजानुका साथै सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्