Logo

पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार



Spread the love

१ मंसिर, काठमाडाैँ – नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए । वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्