Logo

एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा बंगलादेश



Spread the love

२ मंसिर, काठमाडौँ । नेपाललाई पराजित गर्दै बंगलादेश एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । नेपालमाथि ८ विकेटको सहज जित निकालेसँगै समुह बीको विजेताको रुपमा बंगलादेश सेमिफाइनलमा पुगेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेटायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन । नेपालका करण केसी र सुशन भारीले समान १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपाल ४४.३ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३८ रन जोडे। नवौं नम्बरमा ब्याटिङ गरेका उनले ६३ बल खेलेर ४ चौका प्रहार गरे। करण केसीले ४७ बल खेलेर १८ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।

बंगलादेशका लागि सुमोन खान र सायद अबिदिनले समान ३–३ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्