Logo

चलचित्र ‘मेला’को पहिलो गीत रिलिज (भिडियो)



Spread the love

चलचित्र ‘मेला’को नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘परिचय पाउँ’ (सैबा हो सैबा) बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। लोक लयमा निर्माण भएको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको छ।

सार्वजनिक गीतको भिडियोमा पवित्रा आचार्य र गजित बिष्ट फिचारीङ छन्। पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। दिव्य सुवेदीले खिचेको भिडियोलाई शाहील खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गीत सार्वजनिक गर्दै फिल्मले आफ्नो रिलिज मिति पनि तय गरेको छ।

कात्तिक २४ गतेलाई आफ्नो रिलिज मिति तय गरेको फिल्ममा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतको अभिनय रहेको छ। राज राधिका इन्टरटेनमेन्ट को व्यानरमा निर्माण भएको फिल्ममा मनोजकुमार मारोडियाको लगानी रहेको छ। फिल्मका प्रस्तुतकर्ता तथा लेखक हरि पन्त हुन्।चलचित्र मेलालाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/-MnsbrvvMts

प्रतिक्रिया दिनुहोस्