Logo

बेलारुसको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित



Spread the love

२ मङ्सिर, मिन्स्क। रुसी महासंघबाट टुक्रिएको बेलारुसमा संसद सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवारले पराजय व्यहोरेका छन्। सोमबार सार्वजनिक भएको नतिजा अनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हात पार्न नसकेको निर्वाचन आयोगले जनाएको छ ।

बेलारुसको संसदमा ११० जना सांसद निर्वाचित भएका छन् । ती सबै जना बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोको दलका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्