Logo

आफूलाई ‘अल्छी’ भन्ने लरेन्ट आगामी डिसेम्बरमा विश्वविद्यालयबाट ‘ग्राजुएट’ हुँदै



Spread the love

न त कुनै बाजा नै बजाउछन् न कुनै खेलकुदमा रूचि राख्छन् । बरू उनि ‘फोर्टनाइट’ र ‘माइनक्राफ्ट’ अनलाइन खेल खेल्न ‍औधी मनपराउँछन्।

आफूलाई ‘अल्छी’ भन्ने लरेन्ट साइमन्स आगामी डिसेम्बरमा विश्वविद्यालयबाट ‘ग्राजुएट’ हुँदैछन्। उनले तीन वर्षको पाठ्यक्रम १० महिनामै पूरा गर्ने भएका हुन्। नेदरल्यान्ड्सको इन्डहोभन युनिभर्सिटी अफ टेक्नोलोजीमा इलेक्ट्रिक इञ्जनियरिङमा स्नातक तह पढ्दै गरेका लरेन्ट मात्र ९ वर्षका हुन्।

बेल्जियममा जन्मेका लरेन्टको डिसेम्बरमा पढाइ सकिएलगत्तै विश्वविद्यालयबाट ग्राजुएट हुने संसारकै कम उमेरका व्यक्ति हुँदैछन्।आफूलाई अल्छी भन्ने लरेन्टलाई शिक्षक र अरू मान्छेले ‘जिनियस’ भन्छन्।

आठ वर्षको उमेरमै विश्वविद्यालय भर्ना भएका उनी मस्तिष्क सम्बन्धी प्रोजेक्टमा काम गर्दैछन्। सबै काम ठिकठाक भयो भने डिसेम्बरमा उनी ग्राजुएट हुने संसारकै कान्छा व्यक्ति हुनेछन्।

‘त्यसपछि म मेडिसिन पढ्न चाहन्छु,’ लरेन्ट भन्छन्, ‘विद्यावारिधि गरेर कृत्रिम मानव अंगहरू बनाउन चाहन्छु। विशेषगरी मुटु।’लरेन्ट पढ्ने विश्वविद्यालयका प्राध्यापकहरू उनको खुबी देखेर तीन छक छन्।

प्रतिक्रिया दिनुहोस्