Logo

चलचित्र ‘दि कर्मा’को फस्टलुक सार्वजनिक !



Spread the love

पछिल्लो समय चर्चा निकै बटुले तर व्यापारिक हिसाबले फिल्म असफल भए ता पनि सबैको दर्शकको मनमुटुमा राज गर्न सफल नायिका हुन्- नीता ढुंगाना । उनलाई नेपाली फिल्म क्षेत्रमा अन लक्की नायिकाको उप-नामले चिनिन्छन् । यही माघको १७ गतेबाट रिलिज हुने लागेको चलचित्र ‘दि कर्मा’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

चलचित्रको मुख्य भूमिकामा नायिका नीता ढुंगाना, बलिउडका मोडल करण वर्माको साथमा परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ ।

नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित भई उक्त चलचित्र निर्माण गरिएको निर्माण पक्षले बताएको छ । श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको चलचित्रमा शारदा खड्का सह–निर्माताको रूपमा छन् ।

चलचित्रमा सुशील पोखरेलको पटकथा तथा संवाद छ । जयराज रायको निर्माण कथा लेखेन रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्