Logo

गल्फ सङ्घमा गुरुङ



Spread the love

३ मंसिर, काठमाडाैँ – कास्की जिल्ला गल्फ सङ्घको अध्यक्षमा मेजर लक्ष्मीप्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सङ्घको सोमबार पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनले सङ्घको प्रथम उपाध्यक्षमा ज्ञान काजी गुरुङ, द्धितीय उपाध्यक्षमा इञ्जिनीयर जीवराम गुरुङ, सचिवमा इञ्जिनीयर गोविन्द गौचन, सहसचिवमा बसन्त गौचन, कोषाध्यक्षमा इञ्जिनीयर धर्मराज गुरुङ र सहकोषाध्यक्षमा बलराम थापालाई चयन गरेको छ ।

सदस्यमा अर्जुन गुरुङ, वुद्धिमान थकाली, राजु थकाली र नारायण पहारी चयन भएका छन् । सल्लाहकारमा मेजर रामबहादुर गुरुङ, हरिध्वज तुलाचन, भुवन गुरुङ र सुन्दर गुरुङलाई मनोनयन गरिएको छ । अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकूद राष्ट्र पहिचानको माध्यम भएकाले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

गल्फ एकेडेमी र कोर्षको डिपीआरका लागि सरकारले चालू वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको सो अवसरमा उनले जानकारी गराएका थिए । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले गल्फ खेलको विकासका लागि बालबालिकादेखि नै यस खेलतर्फ आकर्षित गराउन सक्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्