Logo

मैत्रीपूर्ण खेलमा उरुग्वेसँग अर्जेन्टिना बराबरीमा रोकियो



Spread the love

३ मंसिर, काठमाडौं । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना दक्षिण अमेरिकी टोली उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको छ ।

खेलको ३४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए। अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले ६३ औं मिनेटमा मेस्सीको फ्रिकिकमा हेडर मार्फत गोल गर्दै बराबरीमा ल्याएका थिए ।तर त्यसको ४ मिनेट नबित्दै उरुग्वेले खेल बराबरीमा ल्यायो ।

र्सिलोनाका फरवार्ड लुइस सुआरेजले फ्रिकिकमा गोल गर्दै उरुग्वेको अग्रता पुन: स्थापना गरे । इन्ज्यूरी समयमा उरुग्वेका डिफेन्डर मार्टिन कासेरेसले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई मेस्सीले सदुपयोग गर्दै अर्जेन्टिनाको हार टारे ।

प्रतिक्रिया दिनुहोस्