Logo

युरोकप छनोट: इटालीको सानदार जित



Spread the love

३ मंसिर, काठमाडौं । युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अर्मेनियामाथि ९–१ को सानदार जित हात पारेको छ । इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो ।

पालेर्माेमा सोमबार राति भएको खेलमा इटालीको जितमान सिरो इम्मोबाइल र निकोलो जानिओलोले समान २–२ गोल गरे । निकोलो बारेला, एलेसियो रोमाग्नोली, जर्गिन्हो, रिकार्डाे ओर्सिलिनी र फेडरिको चेइसाले समान १–१ गोल गरे । अर्मेनियाका इडगर बाबायानले सान्त्वना गोल गरे ।

समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ । इटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्‍यो । पराजित अर्मेनिया १० अंकसहित पाँचौ स्थामा रह्यो ।

यो समूहबाट फिनल्यान्डले पहिलोपटक युरोकपमा स्थान बनाउन सफल भएको थियो । फिनल्यान्ड सोमबार राति ग्रीससँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्