Logo

विश्वकप छनोट: नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै



Spread the love

३ मंसिर, काठमाडौं । नेपालले आज विश्वकप छनोट अन्तर्गतको ‘होम गेम’ खेलमा कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला लिने दाउमा रहेको छ । खेल भुटानको चाङलिमिथाङ स्टेडियममा आज दिउँसो पाैने तीन बजे बाट सुरु हुनेछ । दशरथ रंगशाला निर्माण भइनसकेकाले नेपालको ‘होम गेम’ भुटानमा सरेको थियो।

खेलका लागि भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित चार जना मुख्य खेलाडी नाइट क्लबमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका छन् । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने विश्वास प्रशिक्षक कालिनको रहेको छ ।

‘यो हाम्रो लागि महत्वपूर्ण खेल हो। हामी कडा टक्कर दिने छौं। मैले यहाँ उपलब्ध खेलाडीहरुमा फोकस गरेको छु। खेलाडीहरु पनि राम्रो मनोविज्ञानमा रहेकाले राम्रो प्रदर्शन गर्नेछन्,’ कालिनले भने।

प्रतिक्रिया दिनुहोस्