Logo

मंगलबारका दिन यस्ता कार्यहरु भुलेर पनि गर्नु हुँदैन!



Spread the love

मंगलबारको दिनमा भगवान गणेशको पुजा आराधना गर्नाले सबै कार्य सम्पन्न हुने धार्मिक मान्यता रहेको छ। भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुन्छन् ।

शास्त्रअनुसार मंगलबारको दिन केहि काम गर्नलाई बर्जित गरिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन गर्न नहुने यी काम
-मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
-मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । 
-मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
-मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्