Logo

जानुहोस् सुकुमेल सेवन गर्नुका अपत्यारिला फाइदाहरू



Spread the love

प्राय: धेरैको भान्सामा प्रयोग गरिने सुकुमेल मसलाका लागि मात्र नभएर स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको छ।सुकुमेलमा प्रशस्त मात्रामा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ ।

यसको प्रयोगले सजिलै ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्नुका साथै रक्तसंचारमा समेत सुधार गरी मुटुसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ ।

दाँतसम्बन्धी रोग लगायत यसमा पाइने एन्टीमाइक्रोबियल तत्वले शरीरको पिडालाई कम गर्न मद्दत गर्छ । यसको सेवनले घाँटी सुकेको, दमको समस्यालाई समाधान गर्छ । टाढाको यात्रा गर्दा बान्ता आउने गर्छ भने सुकुमेल उक्त समस्या समाधान गर्नका लागि उपयोगी हुन सक्छ । सुकुमेलको नियमित सेवनले मानसिक तनाव तथा डिप्रेसनलाई समेत हटाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्