Logo

‘सरकार ढिलो भएकै हो, अब विकासको लहर ल्याउँछ’: पुष्पकमल दाहाल प्रचण्ड



Spread the love

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुरुपको सरकारले काम नगरेको स्वीकारेका छन्। भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेकोमा दुःख व्यक्त गरेका थिए ।

देश दौडाहाका क्रममा आफूले जनस्तरबाट अझै पनि सरकारको गतिबारे प्रश्न सुनिरहेको उनले बताए । ‘सरकार अझै पनि कहाँ अल्झिएको छ, जनअपेक्षा अुनसार काम भएको छैन’, उनले भने, ‘केही ढिलो पक्कै भएकै हो। तर उद्योग व्यापारको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा सरकारले प्रतिवद्धता जनाएको छ। पार्टीको तर्फबाट मैले पनि प्रतिवद्धता गरेको छु।

अध्यक्ष दाहालले सरकारको गति सुस्त भए पनि अबको ५ वर्ष भित्रमा नेपालका व्यवसायीको सबै अपेक्षा पूरा हुने दाबी गरेका छन् । ‘व्यवसायीका सबै अपेक्षा ५ वर्षमा पूरा हुनेछन्’, उनले भने, ‘भैरहवाका व्यवसायी देश भित्र बस्ने भन्दा बाहिरिनेतिर लागेको सुन्दा दुःख लाग्यो । आर्थिक विकासको अवसर गुम्नु दिनु हुँदैन। यो अवसरलाई सदुपयोग गर्न देशमै बसेर उद्यम गर्नुपर्छ’ अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन देश र जनताका लागि समर्पित गरेको पनि उल्लेख गरे।

उनले अब नयाँ उत्साहका साथ सरकारले विकासको लहर ल्याउने दाबी गरे। ‘नयाँ उत्साहका साथ अब सरकारले विकासको लहर ल्याउनेछ’, उनले थपे, ‘तपाईंहरु ढुक्क हुनुस्, अब देखिने गरी काम हुनेछ।’ राजधानीबारेमा चलाखी अध्यक्ष दाहालले प्रदेशको राजधानी बारेमा आफुले कहीँ पनि ठाउँ नतोकेको बताए। उनले प्रदेश ५ को राजधानी पनि आफूले यहीँ हुनुपर्छ भनेर किटान नगरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्