Logo

प्रकृतिसँग बालबालिकालाई पनि घुलमिल गराउने हो कि?



Spread the love

बाल्यावस्था त्यो समय हो, जहाँ बाल-बालिकाको स्वभाव, मनपर्ने-नपर्ने कुराहरु छुट्याउन सक्ने राम्रो बानी बसाल्न सकिन्छ । उनीहरुलाई बोलेर भन्नुभन्दा उनीहरुमा स-साना अभ्यासबाट प्रकृतिमैत्री बनाउनपर्छ ।

यी सबै कुराहरुको रमाइलो पक्ष भनेको तपाईंले आफ्ना बालबालिकालाई राम्रो कुरा सिकाएर पैसा बचत गर्न पनि सक्नुहुन्छ ।

सामानहरुलाई व्यवस्थित राख्न सिकाउनुपर्छ
बालबालिकाहरुलाई प्रकृतिमैत्री बनाउनका लागि सबैभन्दा ठूलो कुरा भनेको सामानहरुको कदर गर्न सिकाउनुपर्छ । उनीहरुलाई जहाँ गए पनि आफ्नो घर जस्तै सोच्नुपर्छ भनेर सिकाउनुपर्छ ।

धारा खुल्ला राख्नुहुँदैन:आफ्ना बाल-बालिकाहरुलाई नुहाउँदा, ब्रस गर्दा र सरसफाई गर्दा पानी खेर जाने कुराप्रति सचेत गराई पानीको हरेक थोपाको महत्व बुझाउनुपर्छ ।

ष्टिकको प्रयोग गर्नुहुँदैन:भान्छामा प्लास्टिकको डस्टबिनभन्दा काँचको डस्टबिनको प्रयोग गर्नुपर्छ । प्लास्टिक ब्यागलाई प्रयोग गर्नुहुँदैन । कपडाको झोलाले बच्चालाई सजाउन सिकाउनुपर्छ ।

अर्ग्यानिक सामानहरुप्रति सजग गराउनुपर्छ:यदि तपाईंको घर बाहिर ठाउँ छ भने त्यहाँ स-साना किचन-गार्डेन बनाउन सक्नुहुन्छ । त्यहाँ आफ्नो घरको लागि आवश्यक सागपात रोप्न सक्नुहुन्छ । यस्तो कामको लागि बालबालिकाको सहयोग लिनुपर्छ ।

बालबालिकालाई प्रकृतिका नजिक ल्याउनुपर्छ:बालबालिका प्रकृतिको नजिक त्यसबेला हुन्छन्, जब उनीहरुले त्यसको सुन्दरतालाई महसुस गर्छन् । त्यसका लागि उनीहरुलाई साँझ अथवा बिदाको दिन पार्क घुम्न लिएर जानुपर्छ । जब उनीहरु प्रकृतिसँग घुलमिल हुन्छन् स्वाभाविक रुपले उनीहरु यसप्रति आकषिर्त हुन्छन् ।

पुरानो सामानको कलात्मक प्रयोग गर्न सिकाउनुपर्छ:पुरानो ब्याग, कपडा, पत्रिका, डब्बा आदिलाई प्रयोगमा ल्याउने काम सुरुआती ट्रेनिङ बालबालिकालाई घरबाट नै प्राप्त भयो भनेपछि गएर उनीहरुले घरमा काम नलाग्ने पुराना सामानहरुलाई पुनः काममा ल्याउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्