Logo

कृष्ण धमलाद्वारा विप्लव समूह त्यागको घोषणा



Spread the love

३ मंसिर, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहको पूर्व पोलिट्ब्युरो सदस्य कृष्ण धमला ‘गम्भिर’ले समूह परित्याग गरिएका छन् । उक्त समूहले लिएका पछिल्ला योजना र समग्र विषयमा असहमति जनाउँदै समूह परित्याग गरेको उनले जारी गरेका प्रेस विज्ञप्तिमा उल्लेख छ ।

माओवादी आन्दोलनका क्रममा सुर्खेत जिल्लाका अग्रणी नेताको रुपमा स्थापित धमलाले उक्त समूहमा नरहने घोषणा गर्दै राष्ट्रियता,जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

विप्लब समूहमा पछिल्लो समयमा पार्टी परित्याग गर्ने उनि वरिष्ठ नेता हुन् । विज्ञप्तिमा उनले समूह परित्याग गरेर स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्