Logo

नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : मुख्यमन्त्री राई



Spread the love

४ मंसिर, भोजपुर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताएका छन् । उनले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताए ।

प्रदेश सरकारअन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रङ्गशालाको शिलान्यास गर्न आएका मुख्यमन्त्री राईले बजेटका कारण कुनै पनि विकासका काम प्रभावित नहुने उल्लेख गरे । “गुणस्तरीय ढङ्गले काम सञ्चालन गर्न आवश्यक छ, यसमा जनताको खबरदारीको आवश्यक छ”, उनले भने ।

विकास निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठनको तयारी भइरहेको बताउँदै उनले कमिसन र भष्ट्रचारमा शून्य सहनशीलता कायम गर्ने बताए । मुख्यमन्त्री राईले भने, “कमिसन र भष्टाचारमा मैले शून्य सहनशीलताको नीति लिएको छु ।” सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भन्दै उनले सबै जनतालाई राज्यको सुविधामा जोड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्