Logo

मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ब्राजिलको सानदार जित



Spread the love

४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार आबुधावीमा भएको खेलमा ब्राजिलले दक्षिण कोरियामाथि ३-० को सानदार जित निकालेको छ ।

खेलको नवौं मिनेटमा लुकास पाकेटाको गोलमार्फत ब्राजिलले अग्रता बनायो। पहिलो हाफको ३६ औं मिनेटमा फिलिपे कोउटिन्होले फ्रिकिक मार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० औं मिनेटमा युभेन्टसका डिफेन्डर ड्यानीलोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित पक्का गरे । अब ब्राजिलले मार्च महिनामा हुने विश्वकप छनोटका खेलअघि अन्तर्राष्ट्रिय खेल खेल्ने छैन । दक्षिण कोरिया भने हाल चलिरहेका एसियाली क्षेत्रको विश्वकप छनोटमा अपराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्