Logo

हंगेरीलाई पराजित गर्दै वेल्स युरोकप स्थान बनाउन सफल



Spread the love

४ मंसिर, काठमाडौं । वेल्स युरोकपमा स्थान बनाउन सफल भएको छ । वेल्सले निर्णायक खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै समूहको दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो ।

कार्डिफमा मंगलबार राति भएको वेल्सलाई जिताउन दुवै गोल आरोन राम्सीले गोल गरे । उनले पहिलो र दोस्रो हाफमा गोल गरे । खेलको १५औं मिनेटमा राम्सीले ग्यारेथ वेलको पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा राम्सीले किफेर मोरेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।

समूह ‘ईं’ मा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो ।यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्