Logo

टोटेनहमद्वारा मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो बर्खास्त



Spread the love

४ मंसिर, काठमाडौं । टोटेनहम हस्टपरले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । यो सिजन घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शनसँगै क्लबले पोचेटिनोलाई मंगलबार राति बर्खास्त गरेको हो ।

विज्ञप्ति जारी गर्दै बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्लबका अध्यक्ष डेनियल लेभीले बताएका छन् । प्रिमियर लिगको १२औं चरण सकिँदा टोटेनहम १४ अंकसहित १४औं स्थानमा छ । यस्तै पोचेटिनोको प्रशिक्षणमा टोटेनहमले गत जनवरीदेखि अवे मैदानमा जित निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्