Logo

टी स्टलमा कांग्रेस प्रदेशसभा सदस्य र नगरसभापतिबीच कुटाकुट



Spread the love

४ मंसिर, वीरगन्ज । नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित ओम प्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगर समितिका सभापति भोला कलवारबीच कुटाकुट भएको छ।

वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टलमा बुधबार बिहान दुबजनाबी नगरसभा गृहको विषयलाई लिएर बिवाद भई कुटपीट भएको हो। कुटपीटबाट दुबै जना घाइते भएका छन्। प्रदेशसभा सदस्य शर्माको नारायणी अस्पतालमा उपचार गरिएको छ।

अर्का घाइते कांग्रेस नगरसभापति कलवारलाई पनि नारायणी अस्पतालमै भर्ना गरिएको भएपनि थप उपचारका लागि उनी काठमाडौं गएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकारेका छन् । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् । उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनभिज्ञता प्रकट गरेका छन् । कुटपिटका क्रममा नाकबाट रगत बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्