Logo

युरोकप छनोटमा बेल्जियमको शतप्रतिशत नतिजा



Spread the love

४ मंसिर, काठमाडौं । बेल्जियमले युरोकप छनोटमा शतप्रतिशत जितको नतिजा निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । ब्रसेल्समा मंगलबार राति भएको खेलमा बेल्जियमले साइप्रसमाथि ६–१ को सहज जित निकालेको हो ।

साइप्रसले १४औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि क्रिष्टियन बेन्टेकेले १६ औँ र ६७ औद्द मिनेटमा, केभिन डी ब्रुयनले ३५ औँ र ४१ औँ मिनेटमा गोल गरे ।

यान्नी कारास्कोले ५५औँ मिनेटमा बेल्यिमका लागि गोल गरेका थिए । एउटा गोल भने बेल्जियमले उपहार पाएको थियो । जितसँगै बेल्जियम छनोटमा अपराजित रह्यो । बेल्जियमले १० खेलबाट ३० अंक जोड्दै समूह ‘आई’ मा शीर्षस्थानमा रह्यो ।

यही समूहको अर्काे खेलमा रुसले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाल्यो । छनोटमा रुसले १० खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्