Logo

नेकपाको सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री निवासको मुख्य भवन भत्काइने



Spread the love

४ मंसिर, काठमाडौं । नयाँ भवन बनाउन बालुवाटारमा रहेको प्रधानमको मुख्य निवास आजदेखि भत्काइने भएको छ। अहिले प्रधानमन्त्री निवासको मुख्य भवनमा मन्त्रिपरिषद्को पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी रहेको छ।

उक्त बैठक सकिन बित्तिकै भत्काउन सुरू गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । “प्रधानमन्त्रीज्यू राष्ट्रिय सभा अध्यक्षको निवासमा बस्नुहुनेछ ,” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “नयाँ भवन बनाउनका लागि टेन्डर पनि आह्वान भएकाले भत्काउन लागिएको हो ।”

प्रतिक्रिया दिनुहोस्