Logo

विकास निर्माणमा राजनीति गर्नुहुँदैन : मन्त्री महासेठ



Spread the love

५ मंसिर,काठमाडाैँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणमा राजनीति नगर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकाको बलम्बु–दहचोक जोड्ने पुलको बुधबार उद्घाटन गर्दै उनले विकास निर्माणमा सबै दल हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । “विकास भयो भने जनता आर्थिक वृद्धिदरतर्फ जानेछन्, देशलाई समृद्धितर्फ लान सबैको भूमिका आवश्यक छ”, उनले भने ।

मन्त्री महासेठले आफू मन्त्री भएपछि सरकारले दुई आर्थिक वर्षमा दुई हजार किलोमिटर सडक कालोपत्र र २४३ वटा पुल निर्माण गरिसकेको बताए । सरकारले रेलमार्ग तथा जलमार्गलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले विकास र समृद्धिका लागि जनाताको हितका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले दिगो विकासमा सबैको हातेमालो हुनु आवश्यक रहेको उल्लेख गरे । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले दहचोक–बलम्बु जोड्ने पुल बाढीका कारण क्षति पुगेकाले आवतजावतमा निकै समस्या परेको बताए । उक्त पुल निमार्णका लागि नगरपालिकाबाट रु १५ लाख आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्