Logo

गुल्मीमा एम्बुलेन्सको चरम दुरुपयोग, मदिरा सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना



Spread the love

५ मंसिर, गुल्मी – गुल्मीमा एम्बुलेन्सको चरम दुरुपयोग गरेको पाइएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै स्थित अर्जै स्वास्थ्य चौकीको लु १ झ ३३४ नम्बरको एम्बुलेन्स दुरुपयोग हुनुका साथै दुर्घटना समेत भएको छ । बुधवार चालक तूल्सी भण्डारीले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चदाउँदा दुर्घटना भएको स्थानीयले आरोप लगाएका छन् । छापाबाट अर्जे आउने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो । साथै बिना काममा एम्बुलेन्स प्रयोग गरिएको स्थानीयले बताएका छन् । यता वडा अध्यक्ष शोभाखर गिरीले भने आफू घटना हुँदा घटना स्थलमा नभएको र औपचारिक कुरा थाहा नभएको बताए ।

एम्बुलेन्स दुर्घटनामा परी दुई जना घाइते भएका छन् । दुर्घटनामा १६ वर्षीय जगत परियार र १६ वर्षीय केशव अर्याल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । चालक भने सम्पर्कमा नआएको उनले उल्लेख गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्