Logo

थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प



Spread the love

५ मङ्सिर, थाइल्याण्ड  – थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिए ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उनले बताए ।
महानिर्देशक सोम्साकले ६।४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६:५० बजे गएको जानकारी दिए ।

भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्