Logo

दसैंको लागि ६६ करोड रुपैयाँका खसीबोका



Spread the love

दसैंका लागि उपत्यकामा करिव ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् ।

खाद्य संस्थान र चौपाया ब्यवसायी संघ कलंकीले उक्त मुल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खबसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याईएको छ ।

उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा १ हजार खरिद गरिनेछ ।

ब्यवसायीले खसीबोका र च्यांग्रा गरी गरिव ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छ भन्ने खबर  आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्