Logo

गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार



Spread the love

६ मंसिर, डोल्पा – उपल्लो डोल्पाबाट गर्भवतीको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्धार गरिएको हो ।

सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए । तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी रोकायाको बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको उनका श्रीमान् पूर्वातुण्डुप बैजीले बताए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो । यस साता फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवतीको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्