Logo

ब्रिगेड ब्वाइज क्लब सेमिफाइनलमा



Spread the love

६ मंसिर, काठमाडाैँ – ब्रिगेड ब्वाइज क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल आर्मी क्लबलाई १–० गोलले हराउँदै ब्रिगेड ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो ।

चन्द्रागिरि खेल मैदानमा भएको खेलमा ब्रिगेडका लागि खेलको ३०औँ मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीले निर्णायक गोल गरेका थिए । ग्लोरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । ग्लोरीलाई चन्द्रागिरी–१४ का वडाध्यक्ष रामहरि बस्नेत र आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथाकीले पुरस्कार प्रदान गर्नुभयो । ब्रिगेडले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्