Logo

सम्बन्ध टुटे पश्चात साथीको मन फर्किएन भने के गर्ने ?



Spread the love

मानिसहरुको मन फाटेसँगै सम्बन्धको डोरी पनि चुँडिन जान्छ । त्यसैले विश्वासको डोरी सकेसम्म चुँड्न दिनु हुँदैन । तर, मानिस हो कुनै बेलामा जानेर वा अन्जानमा पनि गल्ती हुन सक्छ ।

यदि कुनैपनि सम्बन्धलाई जान अन्जानमा धोका दिईयो भने त्यो सम्बन्धलाई फिर्ता लिन कठिन हुने गर्छ । कुनैपनि कुरामा साथीको मन दुखेको थाहा पाएपछि आफ्नो साथीसँग कुरा गर्ने र उसलाई आफ्नो समस्या सुनाउने प्रयास गर्नुहुन्छ । त्यति गर्दा पनि साथीको मन फर्किएन भने के गर्ने ?
क्षमाको लागि सोध्नुहोस्
तपाईंको सम्बन्धमा विश्वास फिर्ता ल्याउन तपाईंले आफ्नो पार्टनरसँग माफी माग्नु आवश्यक छ । तपाइँको पार्टनरलाई विश्वास गर्नुहोस् कि जे पनि गल्ती तपाईसंग भयो त्यो अब भविष्यमा हुनेछैन ।
आफैंलाई माफ गर्नुहोस्
तपाईंको कुनै गल्तीले आफ्ना पार्टनरलाई समस्या परेको छ र उसको मन दुखेको छ भने पार्टनरसँग माफी माग्नुपर्छ । माफी माग्नु पहिले हामीले आफूलाई नै माफ गर्नु आवश्यक छ । त्यसको लागि सबैभन्दा पहिले तपाईंले आफ्नो गल्ती पहिचान गर्नुहोस् र तपाईंको साथीलाई चोट नपुर्‍याउनुहोस् ।
भावनाहरू व्यक्त गर्नुहोस्
सर्वप्रथम तपाईंले आफ्नो पार्टनरको अगाडि स्वीकार गर्नुपर्छ कि तपाईंले उसको विश्वास तोड्दै गल्ती गर्नुभयो । तर, आफूलाई त्यो गल्तीका कारण पछुतो लागेको समेत उनीहरुलाई बताउनुपर्छ । त्यसपछि आफ्नो भावनाहरू व्यक्त गर्नुहोस् । यी सबै चीजले तपाईंको पार्टनरलाई असर गर्न सक्छ र तपाईंले उनीहरूको भरोसा फिर्ता लिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्