Logo

साग महिला फुटबल: नेपालको पहिलो खेल श्रीलंकासंग



Spread the love

६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबलमा ४ देशले मात्र सहभागिता जनाउने भएको छ । प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका मात्र सहभागी हुने भएपछि राउन्ड रोविन लिग खेल खेलाइने भएको हो ।

शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्दैछ । यस्तै भारतले पहिलो खेल माल्दिभ्ससंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्