Logo

आँचल र केकीको ‘झिंगेदाउ’ मा नायक मुकुन



Spread the love

पछिल्लो समय चलचित्र ‘बुलबुल’ बाट एकाएक चर्चामा आएका नायक हुन्-मुकुन भुसाल । दर्शकहरु भुसालको अर्को चलचित्रको प्रतिक्षा रहेका छन् भने उनले चलचित्र ‘बुलबुल’ खेली सकेपछी कुनै पनि चलचित्रमा देखिएका छैन  भने उनको नयाँ चलचित्र ‘झिंगेदाउ’को छायाङ्कन सुरु भएको छ ।

चलचित्रमा नायक भुसाल र नायिका आँचल शर्मा मुख्य भूमिका रहेका छन् । उक्त चलचित्रमा मुकुन र आँचल शर्माको साथमा केकी अधिकारी, कुशल विष्ट लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन खोटाङको हलेशीबाट सुरु गरिने निर्माण टिमले बताएको छ ।

चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहको विष्णु कल्पितद्वारा छायाङ्कन हुने छ । प्रदीप भारद्वाजको नै पटकथा एवं संवाद रहेको छ । प्रस्तुत कर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले नै चलचित्रलाई निर्देशन गरेका छन् भने निर्देशक देउजाकै लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्