Logo

बिडीसीए कप : कैलपाल जर्ग प्रतियोगिताबाट बाहिरियो



Spread the love

७ मंसिर, बैतडी – यहाँ जारी बीडीसीए कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको १९औँं संस्करणमा आज चार खेल सम्पन्न भए । निङ्ग्लाशैनी खेल मैदान देहिमाडौंँमा सम्पन्न पहिलो खेलमा यौङ्गस्टारले असिमकेदारलाई १०३ रनले हरायो । टस जितेर ब्याटिङ गरेको उसले २० ओभरमा आठ विकेटको क्षतिमा प्रतियोगिताकै उच्च स्कोर २०० रन बनायो । उसका लागि कैलाश क्षेत्रीले सर्वाधिक ४३ रन जोडे । असिमकेदारका लागी नवराज बडूले चार विकेट लिए । दुई सय एक रनको लक्ष्य पछ्याएको असिमकेदार ९७ रनमा समेटियो । उसका लागि बलदेव बडूले २९ रनको योगदान दिए । बलिङतर्फ यौङ्गस्टारका वीरेन्द्र विष्टले तीन विकेट लिए ।

दोस्रो खेलमा नवजागृतीलाई १७ रनले हराउँदै पाटन भ्याली विजयी भयो । उसले १९ ओभरमा १६१ रन बनायो । राजु भण्डारीले २८ तथा श्याम साउँदले १५ रन बनाए । नवजागृतीका नविन बोहराले दुई विकट लिए । एक सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नवजागृति १४४ रनमा समेटियो । दीपक ठगुन्नाले सर्वाधिक ३० रन बनाए । भ्यालीका लागि तीन विकेट हात पारेका श्याम साउँद म्यान अफ द म्याच भए ।

यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा थालिगडाले कैलपाल ‘ए’लाई चार विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको कैलपालले सात विकेटको क्षतिमा १३२ रन बनायो । दीपक चन्दले ४२ रन बनाए । थालिगडाका लागि दीपक विष्टले दुई विकेट लिए । एक सय ३३ रनको लक्ष्य थालिगडाले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षति पूरा गर्यो । प्रतियोगिताकै पहिलो अर्धसतक हिर्काउँदै भूपेन्द्र रावलले ५० रन बनाए । कैलपालका लागि दीपक चन्दले दुई विकेट लिए । थालिगडाका भूपेन्द्र रावल म्यान अफ द म्याच घोषित भएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

यस्तै अन्तिम खेलमा कैलपाल ‘ए’ ग्वाल्लेकसँग एक रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । लगातार दुई खेल हारेपछि कैलपाल बाहिरिएको हो । पहिला ब्याटिङ गरेको ग्वाल्लेकले केशव जोशीको अविजित ४७ तथा धिरज जोशीको ३९ रनको मद्दतमा १५४ रन बनायो । कैलपालका प्रदीप चन्दले तीान विकेट हात पारे । प्रतिउत्तरमा कैलपालले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । भरत चन्दले ३५ तथा प्रदीप चन्दले २५ रनको योगदान दिए । ग्वाल्लेकका लागि पङ्कज जोशीले तीन र केशव जोशीले एक विकेट लिए । जोशी म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्