Logo

थ्री स्टार क्लब सेमिफाइनलमा



Spread the love

७ मंसिर, काठमाडाैँ – थ्री स्टार क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरि खेल मैदानमा आज भएको खेलमा मा फ्रेन्डस् क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

थ्री स्टारका लागि कप्तान रुपेश केसीले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । निर्धारित समयमा कुनै गोल नभएपछि इन्जुरी समयमा केसीले गरेका थिए । केसी खेलको म्यान अफ द म्याच घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्