Logo

विदेशी लगानीमा फड्का, १५९ प्रतिशतले बढ्यो लगानी



Spread the love

७ मंसिर, काठमाडाैँ – गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ ।

लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपियाँ भित्र्याएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो ।

गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४÷७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्