Logo

फ्रेन्च लिग वानमा नेयमारको पुनरागमनसंगै पीएसजीको सहज जित



Spread the love

७ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउने क्रममा माउरो इकार्डी र एन्जड डि मारियाले गोल गरे । जुलियन ड्राक्सलरको पासमा १७औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा एन्जल डि मारियाले ड्राक्सलरको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको दुई गोल नै पीएसजीको जितका लागि पर्याप्त बन्यो । यही खेलबाट नेयमारले खेलमा पुनरागमन गरे ।

जितसँगै पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई ११ अंकले पछि पारेको छ । लिल १९ अंकसहित सातौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्