Logo

जर्मन बुन्डेस लिगामा रिउसको गोलमा डर्टमन्ड हारबाट जोगियो



Spread the love

७ मंसिर, काठमाडौं । कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको हारबाट जोगिएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले एक गोल गरे । डर्टमन्डका जाडोन सान्चो, एक्सेल विस्टेल र कप्तान मार्काे रिउसले गोल गरे ।

बराबरीसँगै डर्टमन्ट १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पादेरवर्न ५ अंकसहित रेलिगेसन जोनको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्