Logo

कुन उमेरका मानिसहरुमा दम रोग देखा पर्दछ? यसबाट कसरी बच्ने ?



Spread the love

‘दम’ (Asthma) यस्तो अवस्था हो जसले हाम्रो फोक्सोलाई असर गर्दछ र स्वासप्रश्वास प्रक्रियामा बाधा पुर्याउँदछ। नेपालमा अझै पनि लाखौँ युवा तथा वृद्धहरूलाई दमले सताइरहेको छ र यो मात्रा बढ्दै जाँदैछ।

दमलाई कसरी कम गर्ने जान्नको लागि पहिले दम किन र कसरी हुन्छ भन्ने कुरा जान्नु जरुरी हुन्छ। किनभने कुनै पनि कुराको कारण थाहा भयो भने त्यसलाई हुनै नदिने उपायहरू पनि अपनाउन सकिन्छ।

धेरैलाई लाग्न सक्छ यो उमेर पुगेपछि हुने समस्या हो । तर, यो उमेरका कारण नभएर जीवनशैली र खराब व्यवहारमा कारणले हुने समस्या हो । यो ३० वर्ष भन्दा कम उमेरका मानिसहरुमा पनि समस्या देखिन सक्छ । ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी मुख्य कारण हो । यस बाहेक उमेरमा खाने गरेको चुरोट, बिडी, हुक्का वा भान्साको धुवााले पनि बुढेशकालमा दमको समस्या हुने गर्छ ।
यस्ता छन् दमका लक्षणहरु:
दमको लक्षण खोकीबाट सुरु हुन्छ । सामान्य काम गर्दा पनि स्वाा-स्वाा हुने, राति सुत्दा अक्सिजनको कमी हुने, सुत्नेबेलामा सधैं अफ्टेरो महसुस भएर धेरै तकियाहरु राख्नुपर्ने, शरीर फुल्दै जाने, खुट्टा सुनिादै जाने जस्ता समस्याहरु दममा हुने गर्छ । खोकी लाग्दालाग्दै पनि त्यसको उपचारै नगरी, स्वाा-स्वाा हुने जस्ता समस्या देखिने गर्छ । हाछ्यूा आउने, घााटी खसखसाउने, नाक, कान, घााटी चिलाउने, नाक बन्द हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने जस्ता लक्षणहरु देखिने गर्छ ।
यसबाट कसरी बच्ने ?
दम रोगबाट बच्नको लागि छुट्टै किसिमको उपचार विधि अपनाउन सकिन्छ । यदि कसैलाई वायु प्रदूषण, मौसमी परिवर्तन लगायतका बाहृय कारणले दम रोग भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तर उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर, यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिा त्यो पूर्णरुपमा निको नहुन पनि सक्छ ।
१. अदुवा
अदुवा दमजस्ता खतरनाक रोगहरूलाई उपचार गराउने प्राकृतिक जडिबुटी हो। विशेषज्ञहरूका अनुसार यसले सुन्निएको स्वासनलीलाई राहत दिन्छ र हावालाई आवतजावत गर्न मद्दत पुर्याउँदछ।
२. तोरीको तेल
दमघात भएको बेलामा, तोरीको तेलले हलुका मसाज गर्दा स्वासनलीलाई खुलाउँदछ र स्वास फेर्नमा कुनै बाधा पुर्याउँदैन।
३. लसुन
दमको प्रारम्भिक चरणको बेला लसुनको प्रयोगले फोक्सोमा परेको दवावलाई कम गराउँदछ।
४. कफी
कफी सेवन गर्नुको धेरै फाइदाहरू छन्। कफीमा पाइने ‘क्याफिन’ले स्वासनलीलाई आराम प्रदान गर्दछ र तपाईँलाई स्वास फेर्न सहज गराउँदछ।
५ कागती
दमबाट ग्रसित अधिकांश व्यक्तिहरूमा ‘भिटामिन सी’को कमी भएको हुन्छ। कागतीमा प्रशस्तै भिटामिन सी र एण्टिअक्सिडेन्टहरू पाइन्छन् जसले दमको लक्षणलाई केहि क्षणमै कम गराउँदछ।

प्रतिक्रिया दिनुहोस्