Logo

दुई लाख नगद लिएर महिला बेपत्ता



Spread the love

७ मंसिर, भोजपुर। भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को रु दुई लाख लिएर बेपत्ता भएकी हुन् ।

भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान् एकबहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको रु दुई लाख लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताउनुभयो ।

नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान् एकबहादुरले जानकारी दिनुभयो ।

एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ । श्रीमान् एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन् ।रासस

प्रतिक्रिया दिनुहोस्