Logo

प्रचण्ड भन्छन्, ‘नक्सा सच्याउन भारतलाई पत्र पठाइएको छ’



Spread the love

७ मंसिर,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र पठाइ सकेको बताएका छन्। चुनावी सभाका लागि बागलुङ पुगेका प्रचण्डले यस्तो जानकारी गराएका हुन्। साथै उनले भारतले सार्वजनिक गरेको नयाँ नक्सा स्वीकार्न नसकिनेसमेत बताएका छन्।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो। हाम्रो भूभाग रक्षार्थ जुनसुकै पहल गर्न पनि तयार छौं,’ उनले भने,‘भारतलाई परराष्ट्र मन्त्रालयबाट पत्र पठाइसकिएको छ। परराष्ट्रले भारत पठाएको पत्रको ड्राफ्ट प्रधानमन्त्री र मैले हेरेका छौं।’

प्रतिक्रिया दिनुहोस्