Logo

प्रधानमन्त्रीद्वारा बस्यालको निधनप्रति दुःख व्यक्त



Spread the love

७ मंसिर, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य दयाराज बस्यालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि गरेको योगदानको उच्च प्रशंसा गर्दै कम्युनिष्ट आन्दोलनको एक सशक्त योद्धाका रुपमा क्रियाशील रहेका बस्यालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उनको निधनले शोकमा परेका परिवारजन र आफन्तमा समेत गहिरो समवेदना प्रकट गरेका छन् । वगनासकाली गाउँपालिका यम्धा निवासी ६७ वर्षीय उनको गत विहीबार निधन भएको हो ।
प्रधानमन्त्री ओलीले वस्याल एक असल, इमान्दार र निष्ठावान नेताका रुपमा पार्टीपङ्क्ति र बाहिर स्थापित रहेको जनाए ।

पञ्चायती व्यवस्थालाई उपयोग गरी लोकतान्त्रिक आन्दोलन अघि बढाउने पार्टी राजनीतिक नीतिअनुसार सक्रिय रहँदा उनि जनपक्षीय नेताका रुपमा पाल्पामा स्थापित रहेको विज्ञप्तिमा उल्लेख छ । पाल्पामा शिक्षक आन्दोलनको नेतृत्व गर्दा तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई सेवाबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्