Logo

गुल्मीमा रुख घरको औपचारिक उद्घाटन



Spread the love

७ मंसिर, गुल्मी – गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर ७ मा रहेको रुख घर अर्थात् ट्री हाउसको शनिबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । रुख घरलाई प्रदेश नम्बर पाँचका उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री लीला गिरिले उद्धघाटन गरेका हुन् । उद्घाटन कार्यक्रम बोल्दै मन्त्री गिरिले पाँच नम्बर प्रदेशका सबै पर्यटकीय क्षेत्रको योजनाबद्ध रूपमा विकास गर्ने बताएका छन् । साथै पछिल्लो समय प्रदेश सरकार खर्चिलो भएको भन्दै आलोचना भएको भन्दै गुनासो समेत गरेका छन् । प्रदेश सरकारले कानुन बनाएर मात्र काम गर्नु पर्ने हुँदा ढिला र खर्चिलो भएको उनको भनाई थियो ।

सदरमुकाम तम्घाससँगै सम्रग गुल्मी जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले ट्री हाउसको निमार्ण गरिएको हो । प्रदेश सरकारको १२ लाख र स्थानीयको १ लाख ३८ हजार ९ सय ११ रुपैयाँ लागत रहेको छ । भदाै ३ गते देखि सञ्चालनमा आएको ट्री हाउस गुल्मी, अर्घाखाँची बागलुङ प्युठान,रोल्पा र स्याङ्जाका गरी प्रन्ध्र हजार भन्दा बढीले अवलोकन गरेको वडा नम्बर सातका वडा अध्यक्ष मोहन पाण्डेले बताए ।

४२ फिट अग्लो ट्री हाउसबाट गुल्मीको रेसुङा , अजुर्न डाँडा , तम्घास बजार साथै छिमेकी जिल्ला अर्घाखाँचीका सुन्दर दृश्य देख्न सकिन्छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्