Logo

नेपाल पुलिस क्लब सेमिफाइनलमा



Spread the love

८ मंसिर, काठमाडाैँ – नेपाल पुलिस क्लब चन्द्रागिरि मेयर गोल्ड कप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भ्याली च्यासल युथ क्लबलाई १–० गोलले हराउँदै पुलिस क्लबले अन्तिम चारमा स्थान बनाएको हो ।

चन्द्रागिरि खेल मैदानमा शनिबार भएको खेलमा पुलिस क्लबका लागि पहिलो हाफमा सुमन लामाले गरेको गोल नै निर्णायक सावित भयो । खेलको १७औँ मिनेटमा लामाले गोल गरेका थिए । लामा खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले रु पाँच हजार पुरस्कार प्रदान गरे । आइतबार एपीएफ क्लब र सरस्वती क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्