Logo

राष्ट्रिय गौरवका आयोजनामा ध्यान गएनः नेता लेखक



Spread the love

८ मंसिर, काठमाडाैँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउन कुनै योजना ल्याउन नसकेको बताए ।

काँग्रेसको सरकार भएको बेला प्रशस्त बजेट छुट्टयाएको महाकाली कोरिडोरमा वर्तमान सरकारले बजेट नछुट्टयाएकामा नेता लेखकले आपत्ति व्यक्त गरे । उनले भने, “सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनामा सरकारको ध्यान जान सकेको छैन ।” वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्